भारतीय प्रधानमन्त्री मोदीलाई मातृ शोक

Advertisement

 भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई मातृ शोक

परेको छ । मोदीकी आमा हिराबेनको १०० वर्षको उमेरमा शुक्रबार बिहान साढे तीन बजे निधन भएको हो ।

स्वास्थ्यमा समस्या भएपछि हिराबेनलाई अहमदाबादस्थित यूएन मेहता अस्पतालमा भर्ना गरिएको थियो । प्रधानमन्त्री मोदीले आज बिहान सामाजिक सञ्जालमार्फत् आफ्नी आमाको निधन भएको पुष्टि गरेका छन् ।

Advertisement